मन्त्रिपरिषद्को आकस्मिक बैठकः- यस्ता छन एजेण्डा

आइतबार बिहान ११ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिदको आकस्मिक बैठकका लागि डाकेका छन् । आर्थिक वर्ष ०८०/८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

Advertisement 1

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विशेष गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

सरकारका तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ । बुधबार (जेठ १७ गते)देखि नै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने तय भएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ ।

प्रकाशित :२०८० जेष्ठ १४, आईतवार १०:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry