रसुवाली सांसद कहिल्यै बोल्दैनन्, दोलखाको सांसदले उठाए रसुवाबासीको पीडा

बत्तिमुनीको अध्यारोको नियती भोगेर बाँचिरहेको हिमाली जिल्ला रसुवामा अहिले ठेकेदार सांसद मोहन अचार्य संघीय संसदको प्रतिनिधित्व गरिरहेका छन् । सदनमा पुग्ने र हाजिर गरेर निस्कने उनको स्वभाव र शैली छ । त्यही कारण सदनमा उनले रसुवा जिल्ला र जिल्लाबासीको समस्याका बारेमा बोल्दैनन् । बरु रसुवा जिल्ला र जिल्लाबासीले भोगेको पीडाले अरु नै जिल्लाका सांसदलाई दुखाउँछ र सदनमा त्यो बिषय उठान गर्दछन् ।

Advertisement 1

शक्तिका आडमा ठेक्का पट्टा हात पार्ने र हात परेका दर्जनौं ठेक्का अलपत्र पार्दै आएका उनै आचार्यले नदेखेको पीडा दोलखका सांसदले देखे र सदनमा आवाज उठाए । दोलखाका सांसद ईश्वरी रिजालले मिसन ग्रासरुटको समयमा देखिएको समस्याबारे संसदमा उठाएका छन् । ०७२ सालको भूकम्पले तिरुमा नराम्रो क्षति गरेको थियो। भूकम्पको कारण २ सय ६५ घरमा ठूलो क्षती भएको छ । आफ्ना भवनहरु भूकम्पले भत्किए पछि तिरुबासीहरु आठ बर्ष देखि विस्थापित जीवन बिताई रहेका उनले संसदमा उठान गरे । उनले थपे उनीहरु टिनका छानामा बस्नु परेको छ । बर्खामा पानी चुहिने, छाना नै उडाउने जस्ता समस्या खेपेको उनले बताए ।

प्रकाशित :२०८० बैशाख ४, सोमबार ०९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry