जो १६ औं पटक मन्त्री बन्दैछन्

पटक पटक मन्त्री बन्ने र सत्ताको लाभ उठाउने चरित्रलाई अचेल गच्छदार चरित्रका राजनीतिमा व्यग्य गर्ने गरिएको छ । सत्ताको अंकगणित कमजोर हुँदा मधेशका सांसदहरुले विशेष गरी लाभ लिने र सत्तामा हालिमुहाली जमाउँदै आएका छन् ।
यसरी सबैभन्दा बढी लाभ लिने नेताका रुपमा आलोचित थिए विजय गच्छदार,जो ६ पटक निर्वाचित र १८ पटक मन्त्री बनिसकेका छन् । उनलाई पच्छ्याउँदै छन् शरदसिंह भण्डारी । प्रचण्ड नेतृत्वको सरकारका मन्त्री बन्ने पक्का पक्की छ, भण्डारी । उनी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट सम्भवत श्रम मन्त्री बन्ने सम्भवना प्रवल रहेको बताइएको छ ।

Advertisement 1

भण्डारी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको २०६३ सालको सरकारमा महतो उद्योग वाणिज्य तथा आपर्तिमन्त्री बनेका थिए । डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उपप्रधानसहित स्वास्थ्यमन्त्री बने । पार्टी फोडेर तराई मधेशको नाममा राजनीति गर्न शुरु गरेपछि तीन पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,रक्षा मन्त्री

तर मधेश राजनीतिमा आउनुअघि नै उनी धेरै पटक मन्त्री भइसकेका थिए । २०४३ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक सरकारमा गएका छन् । यस पटक समेत गरी उनी १६ औं पटक मन्त्री बन्न लागेका हुन ।

Advertisement 2

 

प्रकाशित :२०७९ चैत्र १६, बिहीबार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry