शर्मिला वाइवाले विष खाइन्

सामाजिक अभियन्ता शर्मिला वाइवाले विष सेवन गरे पछि हाल उनी वीर अस्पतालमा छिन् ।

Advertisement 1

वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् । राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनले विष सेवन गर्नुको कारण खुलेको छैन । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् ।

Advertisement 2

प्रकाशित :२०७९ फाल्गुन १८, बिहीबार ११:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry