जो प्रतिनिधि सभामा निर्वाचित भए तर पाउने छैनन संसदमा प्रवेश
Advertisement 1
मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले २ हजार ५ सय ७५ मत ल्याएर विजयी बन्दा एमालेका पोल्देन छोपाङ गुरुङ २ हजार २ सय ४७ मत ल्याए । टेकबहादुरले आफ्नो प्रतिष्प्रर्धि पाल्देनलाई ३ सय २८ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
Advertisement 2
उनी त्यहाँबाट निर्वाचित भए पनि उनका लागि तत्काल संसद प्रवेश गर्न पाउने छैनन कारण हो भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ । गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुशील कोइराला नेतृत्वको सरकारमा गुरुङ श्रम राज्यमन्त्री हुँदा गरेको निर्णयका आधारमा उनीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको हो । सो मुद्दामा विशेष अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।
भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी स्वतः निलम्बनमा पर्नेछन् । भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै व्यक्तिउपर भ्रष्ट्राचार मुद्दा दायर भएकामा त्यस्तो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।