झलनाथ,ईश्वर र राजेन्द्रले चुनाव हार्ने प्रक्षेपण

इलाममा एकीकृत समाजवादीका नेता झलनाथ खनाल हार्ने र झापामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन हार्ने प्रक्षेपण गरिएको छ ।

Advertisement 1

निजी संस्था फ्याक्ट नेपालले गरेको चुनावी प्रक्षेपण अनुसार,झापा क्षेत्र नम्बर क्षेत्र नम्बर तीनमा काँग्रेसका कृष्ण प्रसाद सिटौलाले निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ ।

May be an image of ‎text that says '‎निर्वाचित हुनसक्ने उम्मेदवार ३9% ३0% 98% काठमाडौ (क्षेत्र नं ឬ) 9३% 90% DALLOT DAL/LE79 FACTS पदीप पौडेल नेपाली कागरेस इश्वर पोखरेल नेपाल कम्युनिष्ट् पाटी (एमाले) डा.प्रणय शम्शेर राणा स्वतन्त्र ۔79 Analytics Poll हेमराज थापा राष्ट्रिय प्रजातम्त्र पाटी अन्य @factsnepal‎'‎

Advertisement 2

 

त्यहाँबाट प्रतिष्प्रर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सिटौलाले भन्दा तीन प्रतिशत कम मत ल्याएर चुनाव हार्ने प्रक्षेपण गरिएको छ ।
यस्तै सो संस्थाले झापामा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले निर्वाचनमा पराजय भोग्ने प्रक्षेपण गरेको छ ।

Advertisement 3

May be an image of text

इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनानलाई एमालेका उमेद्धार महेश बस्नेतले दोब्बर बढी मतान्तरले पराजय गर्ने उस्ले प्रक्षेपण गरेको छ । महेशले ५६ प्रतिशत मत ल्याउँदा झलनाथलाई २७ प्रतिशतमात्र मत खस्ने उस्को आँकलन छ ।

May be an image of text

यस्तै झापा क्षेत्र नम्बर १ बाट विश्वप्रकाश शर्मा विजयी हुने र उनले एमालेका अग्नि खरेललाई ३ प्रतिशत मतान्तरले हराउने आँकलन फ्याक्ट नेपालले गरेको छ । झापा क्षेत्र नम्बर ५ का उमेद्धार केपी शर्मा ओलीले आफ्ना प्रतिष्प्रर्धी डा खगेन्द्रपाण्डव अधिकारीभन्दा झण्डै तेब्बर मतान्तरले विजयी हुने उस्को प्रक्षेपण छ ।

May be an image of text

मोरगमा लालबाबु पण्डितलाई हराएर शेखर कोइराला विजयी हुने,सप्तरीमा सिके राउतलाई उपेन्द्र यादवले हराउने,महोत्तरी तीनमा महन्थ ठाकुरलाई हराएर हरिनारायण यादव निर्वाचित हुने,रौतहटमा नेकपा एसका अध्यक्ष माधव नेपाल निर्वाचित हुने,सर्लाहीमा राजेन्द्र महत्तोलाई महिन्द्र यादवले हराउने उस्को प्रक्षेपण छ ।

No photo description available.

काठमाडौं १ बाट प्रकाशमान सिंह विजयी हुने,५ मा प्रदीप पौडेलले ईश्वर पोखरेललाई हराउने र ४ मा गगन थापा विजयी हुने उस्को प्रक्षेपण छ ।

May be an image of text

 

प्रकाशित :२०७९ मंसिर ५, सोमबार ०७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry