कर्मचारी र शिक्षकलाई चुनाव प्रचार प्रसारमा निषेध नगर्ने जेटियुसीसीको माग

कर्मचारी र शिक्षकले चुनावमा कुनै उम्मेद्धारको प्रचार प्रसार गर्ननपाउने निर्णय प्रति ट्रेड यूनियनहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement 1

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेरै ट्रेड यूनियनहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले ज्ञापन पत्र बुझाउँदै निर्वाचनमा कर्मचारीलाई चुनाव प्रचारमा रोक लगाउने निर्वाचन आयोगको निर्णयप्रति आफ्नो असन्तुष्टी जाहेर गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई  ध्यानाकर्षण पत्र बुझाउँदै जेटियुसीसीले आचारसंहिताको विरोध गरेको हो ।

जेटियुसीसीले आचारसंहिताको दफा ७ (क) (ख) र दफा १०(क) (ख) र (ग) कार्यान्वयन गर्दै र गत असोज २७ मा जारी भएको निर्देशन सच्चाउन समेत जेटियुसीसीले माग गरेको छ ।निर्वाचनमा उम्मेदवारको पक्ष–विपक्षमा मत जाहेर गर्न, प्रचारप्रसार गर्न, प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न हुन निषेध गर्दै सो निषेधित काम गर्नेलाई निलम्बन गर्न सम्बन्धित निकायका नाममा दिने गरी आयोगबाट पत्राचार भएकोमा श्रमजीवी वर्गको समृद्धिका लागि साझा ढंगबाट क्रियाशील रहेका नेपालका मान्यताप्राप्त सम्पूर्ण ट्रेड युनियन महासंघहरुको साझा संस्था यस संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्र प्रमुख निर्वाचन आयुक्त थपलियालाई बुझाइएको छ ।

Advertisement 2

२०६२–६३ को जनआन्दोलनलाई सफल बनाउन राजनीतिक दल र ट्रेड युनियनहरुबीच सहकार्य भएको स्मरण गराउँदै पत्रमा आन्दोलनमा पेसाकर्मी संलग्न हुने र आन्दोलनपछि निजामति कर्मचारीलाई ट्रेड युनियनको अधिकार प्रदान गर्ने सहमति भएको बताइएको छ ।ट्रेड युनियनको अधिकारलाई संविधानले मौलिक हकका रुपमा समावेश गरेको उल्लेख गर्दै जेटियुसीसीले एजेण्डा मिल्ने उम्मेदवारको पक्षमा अभिमत जाहेर गर्न रोक्नु संविधानसम्मत नहुने दाबी पनि गरेको छ । निर्वाचनमा आफ्नो प्रतिनिधिको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्थाले लोकतन्त्रको मूल्य मान्यतालाई स्थापित गर्न नसक्ने कर्मचारीहरुको ठम्याइ छ ।

पेसाकर्मी कर्मचारीले आफ्नो पदीय जिम्मेवारी पूरा गर्दै कार्यालय समयबाहेक निर्वाचन प्रक्रियामा सहभागी भएर उम्मेदवारको पक्षविपक्षमा मत जाहेर गर्न पाउनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित :२०७९ कार्तिक ७, सोमबार ०७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry