दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध
गुण्डा नाइकेका रुपमा बदनामी कमाएका दीपक मनाङे निर्विरोध गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । गण्डकी प्रदेश अन्तरगतको मनाङ जिल्लाको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङेका अर्काे प्रतिष्प्रर्धी चुनावी मैदानबाट व्याक भएसँगै उनी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
गठबन्धन र एमालेको समर्थनमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका हुन । सत्तारूढ ५ दल र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार उठाएको थिएन भने उनीसँगै सोही जिल्लाबाट प्रदेशसभाका लागि निर्वाचन लडेका दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन ।
Advertisement 1
हाल मनाङे गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्रीका रुपमा बहाल छन् । निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ ।