भेटियो गभर्नर अधिकारी एमालेको विभागीय सदस्य रहेको अर्काे बलियो प्रमाण

गभर्नर महाप्रसाद अधिकारीले आफू एमालेको विभागीय सदस्य नरहेको जिकिर गरिरहँदा एमालेकै अर्थ तथा योजना आयोगका एक सदस्यले भने अधिकारी एमालेको सो विभागमा भएको र नियमित बैठकमा उपस्थित भइरहेको प्रतिक्रिया दिएका छन् ।
Advertisement 1
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य नरहेको जनाएका छन् । अधिकारीले आफूले पाँच बर्ष अघि नै आफूले नेकपा एमालेको अर्थ तथा योजना आयोगका सदस्यबाट राजीनामा दिइसकेको जनाएका छन् ।उनले पार्टी सचिवलाई २०७३ जेठ २५ गते लेखिएको पत्र र एमाले केन्द्रीय कार्यालयको तर्फबाट सचिव कृष्णगोपाल श्रेष्ठले असार २० गते लेखेको जवाफमा विषयवस्तु स्पष्ट पारिएकाले अहिले फेरि चर्काउन आवश्यक नरहेको जबाफ दिएका छन् ।
हालै मात्र घनश्याम भुसालको अध्यक्षतामा गठन भएको उक्त विभागको सदस्यमा अधिकारीको पुख्र्यौली ठेगानासहित छोटकरी नाम राखिएपछि सर्वत्र विरोध भएको हो । बैंक ऐन २०५८ मा स्पष्टसँग कुनै पनि राजनीतिक दलका सदस्य गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक बन्न नपाइने उल्लेख छ ।
खोटाग ठेगनाबाट एम अधिकारीको नाम सो विभागमा समावेश भएसँगै अधिकारीको राजीनामा माग्न थालिएको छ ।
यसैबीच नेकपा एमालेकै सोही विभागका सदस्य उपप्रध्यापक इञ्जिनियर देउकाजी गुरुङले महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा रहेको खुलासा गरेका छन् ।अर्थ संचार नामक सञ्चारमाध्यमसँग कुरा गर्दै ई गुरुङले महाप्रसाद पहिलादेखि नै सोही विभागमा रहेको र अहिले पनि मिटिङमा उनी उपस्थित भइरहेको जनाएका छन् ।
उनका अनुसार सो विभागमा २५ सदस्य रहेका छन् । सो विभागको बैठकमा महाप्रसाद अधिकारी पनि सामेल हुन गरेको जनाएका छन् ।
Advertisement 2