रास्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट कागजात झिकाउने आदेश
सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतको संबैधानिक इजलासबाट रास्ट्रपति र प्रधानमन्त्री कार्यालयसङ्ग प्रतिनिधि सभा विघटनका कारणहरुको लिखत माग्ने आदेश भएको छ ।
Advertisement 1
शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित पाँच न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
संवैधानिक इजलासले संसद् विघटनसम्बन्धी सरकारले गरेको सिफारिस, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति माग गरेको छ । शुक्रबारदेखि संसद् विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ शुरु भएको छ ।
Advertisement 2
बहस गर्ने वकिलहरुले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अन्तरकालीन आदेश मागेका थिए । यद्यपि प्रधानन्यायाधीश जवराले अन्तरिम आदेश दिन अस्वीकार गर्दै प्रतिनिधि सभा बिघटनसम्बन्धी निर्णयबारे सरकारी कागजात मगाउने आदेश दिएका हुन् ।
आजको सुनुवाइका क्रममा संसद् विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति मगाउने, संसदमा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने जानकारी पनि माग गरेको छ ।१९ गते आइतवारसम्म लिखित जवाफ आएपछि यस प्रकरणलाई निरन्तर सुनुवाइमा लाने तयारी छ । आजकै सुनुवाइलाई हेर्दाहेर्दैमा राखेर यही इजलासले हेर्ने कि अर्को इजलास गठन गर्ने भन्ने कुनै टुंगो छैन ।