सांसदको शैक्षिक योग्यताः अण्डर एसएलसी २३ जना ७ जनाले योग्यता नै लुकाए
संघीय संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका कुल ३३४ सांसदहरुको शैक्षिक अवस्थाको विवरण प्रकाशित गरेको छ । जसअनुसार संघीय संसदमा दुबै सदनमा गरेर सबैभन्दा बढी ११४ जनाले स्नातक तह उत्तीर्ण गरेको देखिन्छ । एकजनाले एमफिल गरेका छन् भने १४ जनाले पीएचडी गरेका छन् ।
Advertisement 1
एसएलसी भन्दा तल २३ जना सांसद छन् । एसएलसी उत्तीर्ण गरेका सांसदको संख्या ४६ जना छन् ।त्यस्तै, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका सांसदको संख्या ५५ जना छन् । स्नातक तह उत्तीर्ण गरेका सांसदको संख्या सबैभन्दा बढी अर्थात ११४ जना छन् ।
दुबै सदनमा स्नातकोत्तर तह उत्तीर्ण गरेका सांसदहरुको संख्या ७४ जना छन् । एमफिल १ जना र पीएचडी गर्ने सांसदहरुको संख्या १४ जना रहेका छन् ।
Advertisement 2
योग्यता नखुलेका सांसदहरु ७ जना छन् ।
प्रकाशित :२०७८ चैत्र १०, बिहीबार ०९:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%