थपिने सात मन्त्रीमा क कस्को चर्चा ?


परराष्ट्रमन्त्री तथा नेकपा प्रवक्ता प्रदीपकुमार ज्ञवालीले छिट्टै मन्त्रिमण्डल पुर्नगठन हुने बताएका छन् । उनले नेकपा केन्द्रीय कमिटिको बैठक सकिए लगतै मन्त्रिमण्डल पुर्नगठन हुने जनाएका हुन् । नेकपाभित्र चलेको अन्तरद्धन्द र प्रतिनिधिसभा पुर्नगठन पछि सरकारका ७ जना मन्त्रीहरुले यही ५ पुसमा राजीनामा दिएका थिए । राजीनामा दिनेमध्ये प्रचण्ड खेमाका ५ र माधव नेपाल खेमाका २ मन्त्री छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि राजीनामा दिएका दाहाल नेपाल पक्षका सात जना मन्त्रीहरुको ठाउँमा नयाँ मन्त्री थप्ने तयारी गरिरहेका छन् । जसमध्ये पूर्वमाओवादीबाट तीन जनालाई मन्त्री बनाउने तयारी छ भने पूर्व एमालेको तर्फबाट चार जना मन्त्री बनाउने तयारी चल्दैछ ।
मन्त्री बन्ने चर्चामा रहेका नेताहरुमा हालै प्रचण्ड क्याम्प छाडेर ओली क्याम्पमा प्रवेश गरेका टोपबहादुर रायमाझी, मणि थापाहरुको नाम चर्चामा छ ।
यस्तै विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको बताइएको छ ।

प्रकाशित :२०७७ पुष १०, शुक्रबार ११:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry