संसद बिघटन गरेर ओलीले राखे बैशाख अन्तिम साता मध्यवधि चुनावको प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर मध्यवधि निर्वाचन गर्ने प्रस्ताव गरेका छन् । उनले प्रतिनिधि सभाका लागि आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव राखेका हुन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा बालाएको मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मितिसमेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शितलनिवासबाट फर्किसकेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाख २९ गते चुनाव गर्ने मिति राखेका छन्।
स्रोतका अनुसार वैशाख २३ र २९ चुनाव गर्नेबारे छलफल भएको छ । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।
Advertisement 1
यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ ।