मेडिकल सामग्री छिटो ल्याउन पहल गरेको हुँ, अनियमिततामा संलग्न छैन
शुक्रवार स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लेखा समितिको बैठकमा उपस्थित भए । महिनौदेखि लेखा समितिको बैठक छल्दै र आलटाल गर्दै आएका उनी शुक्रवार समितिको बैठकमा पुगेका हुन् । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छलफलका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएको थियो ।
Advertisement 1
त्यहाँ समितिका सदस्यहरुले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितता सम्बन्धी जिज्ञासा राखेका थिए । मन्त्री ढकालले मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको निर्णयमा कोरोनाबिरुद्धको स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाइएको र आफू अनियमिततमा संलग्न नभएको तर काम छिटो गर्न पहल गरेको दाबी दोहोर्याए। ुविदेशमा उत्पादित सामग्रीमा शक्तिराष्ट्रले हानथाप गरेको अवस्था थियो। महामारीको आतंक बढेको थियो। पिपिईको अभावमा काम गर्न नसकिने भनेर स्वास्थ्यकर्मीले ध्यानाकर्षण गराएका थिए यस्तो अवस्थामा मन्त्रिपरिषद्बाट भएको नीतिगत निर्णय कार्यान्वयन गराउन मैले पहल गरेको हुँ। तर आर्थिक अनियमिततामा पार्ने गरी म संलग्न भएको छैन । मन्त्री ढकालले भने ।