हेक्टर एसयुभि बजारमा

एम.जी. हेक्टर नेपाली बजारमा भित्रिएको छ । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले हेक्टर एसयुभि सार्वजनिक गरेको हो ।
Advertisement 1
१.५ लिटर टर्बोचार्जड इन्टरकुल इन्जिनयुक्त हेक्टर साइन एमटी र सिभिटी दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार र हेक्टर सिभिटीको मूल्य ६४ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलेबाट प्रशंसित छ ।
एसयुभीमा पहिलोपटक बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरूफ, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित :२०७८ पुष २८, बुधबार ११:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%