मनाङमा एकै गाउँका १५० जना कांग्रेसमा प्रवेश
मनाङमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्यामा दिन प्रतिदिन बृद्धि भइरहेका छन् । जिल्लाको विकासमा पार्टीको योगदानलाई कदर गर्दै स्थानीयहरु अन्य आस्थालाई त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् ।
Advertisement 1
पछिल्लो पटक जिल्लाको पर्यटकिय क्षेत्र नार्पाभुमि गाउँपालिकाका १५० भन्दा बढि स्थानीयहरु नेकपा एमाले, राप्रपा र माओवादी पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । पूर्व श्रम तथा रोजगार राज्य मन्त्री समेत रहेका टेक बहादुर गुरुङ कांग्रेसको आसन्न १४ औं महाधिवेशनबाट सानदार मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएपछि मनाङका स्थानीयहरु कांग्रेसप्रति आकर्षित हुन थालेको पार्टी सचिव एवं युवा नेता सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार जिल्लाका धेरैजसो युवाहरु विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रकाशित :२०७८ पुष २६, सोमबार १३:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%