ओली अनुपस्थित भएपछि २० मिनेट बसेर सर्यो बैठक

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक २० मंसीरसम्मका लागि स्थगित भएको छ। हिजो बसेको सचिवालय बैठकले आजका लागि मिति तय गरेको थियो। तर, हिजोको बैठकमा भनाभन भएपछि ओलीले बैठकमा सहभागी नहुने बताएका थिए। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित रहेनन् । उनको अनुपस्थिती विना बसेको बैठक जम्मा २० मिनेटमात्र बस्यो ।
अर्काे बैठक आगामी २० मंसिरमा बस्ने भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपा सचिवालयको अर्काे बैठक २० मंसिर दिँउसो १ बजे बस्नेछ । यस्तै मंसिर १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ गते दिउँसो १ बजे बस्ने भएको छ ।
									
										प्रकाशित  :२०७७ मंसिर १७, बुधबार १५:४८																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										


 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                