यी हुन माओवादी केन्द्र रसुवाको कालिका र उत्तरगया गाउँपालिका हाक्ने कमाण्डरहरु

नेकपा (माओवादी केन्द्र) ले रसुवा जिल्लाको उत्तरगया र कालिका गाउँपालिकामा आफ्नो प्रथम पालिका अधिवेशन सम्पन्न गरेको छ । ५ वटा पालिका रहेको रसुवा जिल्लाको उत्तरगया र कालिका गाउँपालिकामा शनिवार अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको हो ।
Advertisement 1
सो पार्टीको प्रथम गाउँपालिका सम्मेलनबाट दुई वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । सो पार्टीले दिएका जानकारी अनुसार उत्तरगयाँ गाउँपालिकाको कमाण्डरमा यमनाथ अचार्य चयन भएका छन् । उनको नेतृत्वमा उपाध्यक्षहरुमा क्रमश सोमलाल लवट,हित बहादुर गुरुङ,श्याम लामा चयन भएका छन् ।
यस्तै कमल गरुङ सहसचिवमा छानिएका छन् भने सह सचिबमा जंग बहादुर तमाङ चयन भएका छन् । कोषाध्यक्षमा बेञ्जु थापा मगर चयन भएको माओवादी नेता माधव लामिछाने समिरले जानकारी दिएका छन् ।
Advertisement 2
यस्तै माओवादी केन्द्रका रसुवा जिल्ला अध्यक्ष इन्द्र गौतम जगतजंगका अनुसार,कालिका गाउँपालिकाले अर्जुन देवकोटाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । उपाध्यक्षमा रामशरण कुइकेल,रेबति अगस्ति र नानिमैया न्यौपाने चयन गरेको माओवादी केन्द्रले जनाएको छ । सचिवमा चाम्लिङ तामाङ, सह सचिव जयराम न्यौपाने,कोषाध्यक्षमा दावा तामाङ र कार्यालय सदस्यहरुमा शिबराम लामिछाने र गोबिन्द पौडेल चयन भएका छन् ।
माओवादी केन्द्रका अनुसार बाँकी तीन वटा पालिकामा यही १६,१७ र १८ गते अधिवेशन हुनेछ ।
Advertisement 3