राष्ट्रपति पौडेलले आज ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
Advertisement 1
राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेपछि काठमाडौं फर्किएर राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
बाढीबाट भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था तथा विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रपतिको सम्बोधन केन्द्रित हुने अपेक्षा गरिएको छ।
Advertisement 2
राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएपछि सम्बोधन गर्न लागेका हुन्।
प्रकाशित :२०८३ भाद्र २२, सोमबार १५:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








