भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जीएमईको २ करोड कोरियन वन सहयोग

काठमाडौं। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ग्लोबल मनि एक्सप्रेस (जीएमई) कोरियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड कोरियन वन सहयोग गरेको छ।
Advertisement 1
उक्त रकम नेपाली मुद्रामा २२ लाख रुपैयाँभन्दा बढी हुन आउने कम्पनीले जनाएको छ। बाढीपछिको उद्धार, खोज तथा प्रभावित नागरिकको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले जीएमई कोरियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको हो।
प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै संस्थाले सहयोग रकम उपलब्ध गराएको जनाएको छ।
Advertisement 2
कम्पनीका अनुसार उक्त सहयोगले बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, उनीहरूको पुनःस्थापनामा सहयोग पुर्याउन तथा प्रभावित क्षेत्रमा भइरहेको पुनर्निर्माणको प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
जीएमईले यसअघि पनि मुलुकका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्ति तथा महामारीका बेला आर्थिक, भौतिक र मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।
Advertisement 3
यसैबीच, प्राकृतिक विपत्तिको समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा रहेका आफन्तलाई सहयोग गर्न चाहने व्यक्तिका लागि आइएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउन सकिने सुविधा समेत कम्पनीले यसअघि नै सञ्चालनमा ल्याएको जनाएको छ।
विदेशमा रहेका नेपालीलाई समेत विपद्का बेला स्वदेशमा रहेका परिवार तथा प्रभावित समुदायको सहयोगमा जोड्ने उद्देश्यले उक्त सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ।








