गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १८ गते बसेको सञ्चालक समितिको ३५१औँ बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

Advertisement 1

बैंकका अनुसार हाल कायम चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। उक्त पूँजीका आधारमा प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।

यद्यपि प्रस्तावित लाभांश तत्काल वितरण हुने छैन। यसका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ भने त्यसपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट प्रस्ताव पारित हुनुपर्नेछ।

Advertisement 2

राष्ट्र बैंकबाट स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्रस्तावित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्। बैंकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट उक्त लाभांश वितरणको प्रस्ताव गरेको जनाएको छ।

प्रकाशित :२०८३ भाद्र १९, शुक्रबार १०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry