भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि आइएमई ग्रुपले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
Advertisement 1
आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवद्र्धित विभिन्न कम्पनीको तर्फबाट उक्त सहयोग उपलब्ध गराउन लागिएको हो। सहयोगमा ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, साझेदार कम्पनी अशोक लेल्याण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आइएमई फाउन्डेसनलगायत अन्य कम्पनी सहभागी हुने ग्रुपले जनाएको छ।
यसैगरी, आइएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट पनि एक दिनको तलब बराबरको रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि उपलब्ध गराउने निर्णय गरिएको छ।
Advertisement 2
बाढीपीडितलाई सहयोग जुटाउने उद्देश्यले आइएमईले विदेशबाट नेपालमा सहयोग रकम पठाउँदा निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराउने भएको छ। त्यस्तै, खल्ती–आइएमई मोबाइल वालेटमार्फत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था समेत मिलाइएको ग्रुपले जनाएको छ।
आइएमई फाउन्डेसनको समन्वयमा प्रभावित क्षेत्रमा थप राहत तथा जिन्सी सामग्री सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत ग्रुपले व्यक्त गरेको छ।
Advertisement 3
भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि तत्काल उद्धार तथा राहतका लागि सरकारी निकाय, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाले सहयोग र राहत अभियान सञ्चालन गरिरहेका छन्। आइएमई ग्रुपले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरेको जनाएको छ।








