बाढीपीडितको राहत र पुनःस्थापनाका लागि आइएमई लाइफको १ करोड सहयोग

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
Advertisement 1
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति कम्पनीले दुःख व्यक्त गरेको छ।
बाढी तथा डुबानका कारण नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा क्षति पुगेपछि प्रभावित परिवार विस्थापित हुनुपरेको भन्दै कम्पनीले उनीहरूप्रति सहानुभूति व्यक्त गरेको छ।
Advertisement 2
कम्पनीले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो।
कम्पनीका अनुसार उक्त सहयोगबाट बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न व्यवस्थापन, स्वास्थ्य उपचार र पुनःस्थापनालगायतका कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Advertisement 3
आइएमई लाइफले स्थापनाकालदेखि नै विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ। हालको विषम परिस्थितिमा पनि प्रभावित नागरिकलाई आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता कम्पनीले दोहो¥याएको छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।








