भोटेकोशी विपद्का विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।

Advertisement 1

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो।

बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन्।

Advertisement 2

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको समग्र समीक्षा गर्दै विपद्मा परेकाको उद्धार तथा बेपत्ताको खोजीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, विस्थापितको व्यवस्थापन गर्ने तथा क्षतिग्रस्त क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक पहल र सहकार्यका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

Advertisement 3

भोटेकोशी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको र अझै कतिपय व्यक्ति सम्पर्कविहीन रहेको अवस्थामा राजनीतिक दलका शीर्ष नेताहरू एकै ठाउँमा भेला भएर विपद् व्यवस्थापनबारे छलफल गर्न लागेका हुन्।

बैठकले सरकार, राजनीतिक दल तथा सम्बन्धित निकायबीच समन्वय गरी खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा साझा धारणा बनाउन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८३ भाद्र ११, बिहीबार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry