तीन बर्षमा प्रधानमन्त्री ओलीको क्याविनेट १८ पटक हेरफेर

 ५ बर्षका लागि सरकार चलाउने म्याण्डेन्ट पाएको र स्थायी भनिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नै अहिलेसम्म सबैभन्दा बढी अस्थिर देखिएको छ । गत शुक्रवार प्रधानमन्त्री ओलीले राजेन्द्र महतो महन्थ ठाकुर खेमाबाट १० जना र एमाले खेमाका दुई मन्त्री थपेर १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री ओलीले साता दिन पछि गृह,सञ्चार,उद्योग वाणिज्य तथा आपूर्ति,वन तथा वातावरण,संघीय मामिला तथा सामान्य प्रशासन,कृषि र प्रधानमन्त्री कार्यालय समेत हेर्न गरी ७ मन्त्री र एक राज्यमन्त्री थपेर क्याविनेट बिस्तार गरेका हुन् । जस अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन् । उनी पूर्व गृहमन्त्री बादलकी पत्नी हुन । यस्तै वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कृषिमा ज्वालाकुमारी साह, उद्योग तथा आपूर्तिमा राजकिशोर यादव र वन राज्यमन्त्रीमा आशा विक नियुक्त भएका छन् । पछिल्ला तीन बर्षमा मात्र प्रधानमन्त्री ओलीको क्याविनेट १८ पटक फेरबदल भएको छ । २५ सदस्यीय क्याविनेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्म ६७ जनालाई मन्त्री बनाइसकेका छन् ।
प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १५:०५

प्रतिक्रिया दिनुहोस्