चितुवालाई नियन्त्रणमा लिन २ ठाउँमा खोर

चितवन। पश्चिम चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन २ स्थानमा खोर राखिएको छ।
Advertisement 1
डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतङ्क सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका–१५ गोपालचोकमा रहेको अविनाश पोल्ट्री फर्ममा र त्यसको एक किलोमिटर पर अर्का खोर राखिएको जानकारी दिए।
खोरमा हालसम्म चितुवा परेको छैन। चितुवालाई आकर्षण गर्न खोरमा कुकुर राखिएको छ। यसअघि सोही क्षेत्रबाट चितुवाको बच्चालाई नियन्त्रणमा लिइएको थियो।
Advertisement 2
यसअघि नियन्त्रणमा लिइएको चितुवाको बच्चालाई सौराहा पुर्याइ खोरमा राखिएको छ। यस क्षेत्रमा एउटा माउ र बच्चा अझै रहेको बताइन्छ।
प्रकाशित :२०८३ श्रावण १९, मंगलवार १६:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








