कुमारी बैंकको मोबाइल बैंकिङ एपमै अन्तर्राष्ट्रिय eSIM र IDP सेवा

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप डिजिटल सुविधा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (NIMBUZZ) सँग सहकार्य गरेको छ। सम्झौतापछि बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा International Driving Permit -(IDP) सम्बन्धी सेवा उपलब्ध हुने भएको छ।
Advertisement 1
बैंकका अनुसार अब कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय eSIM डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) का लागि आवेदन दिन सक्नेछन्। विदेश यात्रा गर्ने, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकलाई यस सेवाबाट विशेष लाभ पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार eSIM सेवाले विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्नुपर्ने वा सिम परिवर्तन गर्नुपर्ने झन्झट हटाई सहज रूपमा मोबाइल डेटा सेवा प्रयोग गर्न सहयोग गर्नेछ। त्यसैगरी, IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई डिजिटल माध्यमबाट थप सरल, छिटो र व्यवस्थित बनाउने विश्वास गरिएको छ।
Advertisement 2
यस सेवाको अर्को विशेषता भनेको ग्राहकहरूले eSIM र IDP सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने सुविधा हो। यसबाट विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम प्रयोग गर्नुपर्ने आवश्यकता कम हुनुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री हुने बैंकको अपेक्षा छ।
कुमारी बैंकले यस सहकार्यमार्फत आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका डिजिटल सेवाहरू स्वदेशमै बसेर सहज रूपमा उपलब्ध गराउने तथा डिजिटल बैंकिङ अनुभवलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।








