नेपाल लाइफको अर्को ऐतिहासिक कीर्तिमान, प्रथम बीमा शुल्क आर्जन १३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले आफ्नो २५ वर्षको गौरवमय यात्रा पूरा गर्ने क्रममा रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (First Premium Income–FPI) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको हो।

Advertisement 1

कम्पनीका अनुसार नेपाली जीवन बीमा इतिहासमा पहिलो पटक कुनै जीवन बीमा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको हो। यसअघि गत आर्थिक वर्षमा नेपाल लाइफले रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो भने यस वर्ष सोही उपलब्धिलाई थप उचाइमा पु¥याउन सफल भएको जनाएको छ।

२५ वर्षको यात्रामा नयाँ मानक

Advertisement 2

नेपाल लाइफले आफ्नो रजत जयन्ती (Silver Jubilee) को अवसरमा प्राप्त गरेको यो उपलब्धिलाई नेपाली जीवन बीमा उद्योगका लागि नयाँ मानकका रूपमा व्याख्या गरेको छ। कम्पनीले विगत २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई केन्द्रमा राखेर बीमा सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ।

सीईओले व्यक्त गरे आभार

Advertisement 3

यस ऐतिहासिक सफलतापछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीप्रति विश्वास राख्ने सम्पूर्ण बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पु¥याउने सबै सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

उनले यो उपलब्धि कुनै एक संस्थाको मात्र नभई कम्पनीसँग जोडिएका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी र लगानीकर्ताको साझा सफलताको प्रतिफल भएको बताएका छन्।

प्रविधिमैत्री सेवामा जोड

नेपाल लाइफले आगामी दिनमा अझ प्रविधिमैत्री र ग्राहकमैत्री सेवा विस्तार गर्ने, नवीन बीमा योजना ल्याउने, प्रभावकारी लगानी व्यवस्थापन गर्ने तथा कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता जनाएको छ।

साथै, विश्वस्तरीय बीमा सेवा प्रदान गर्दै नेपाली जीवन बीमा बजारमा आफ्नो अग्रणी भूमिका अझ सुदृढ बनाउने लक्ष्य पनि कम्पनीले सार्वजनिक गरेको छ।

उद्योगमा नेतृत्व कायम

नेपाल लाइफले “२५ वर्षको विश्वास, आज १३ अर्बको ऐतिहासिक उपलब्धि“ लाई आफ्नो संस्थागत यात्राको महत्वपूर्ण कोशेढुंगा भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि नवीनता, विश्वसनीयता र उत्कृष्ट सेवामार्फत जीवन बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका कायम राख्ने विश्वास व्यक्त गरेको छ।

प्रथम बीमा शुल्कमा लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको नेपाल लाइफको यो उपलब्धिले नेपालको जीवन बीमा उद्योगको विस्तार, बीमा सचेतनाको वृद्धि तथा बीमा बजारप्रतिको नागरिकको विश्वास थप मजबुत हुँदै गएको संकेत गरेको छ।

प्रकाशित :२०८३ श्रावण २, शनिबार १३:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry