शिक्षा अधिकृतमाथि मोबिल खन्याउने वडासदस्य पक्राउ

काठमाडौं। घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खन्याएको आरोपमा एक वडासदस्य पक्राउ परेका छन्।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–का वडा सदस्य उत्तम बुढाथोकीलाई अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) निर्वाचनका क्रममा उत्पन्न विवादपछि वडासदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहरामाथि मोबिल खन्याएका थिए।

Advertisement 2

घटनापछि बुढाथोकीले आफैं उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। भिडियो सार्वजनिक भएसँगै घटनाले व्यापक चर्चा पाएको थियो।

प्रहरीले घटनासँग सम्बन्धित भिडियोसहित अन्य प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। घटनाले सार्वजनिक पदमा रहेका कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति विभिन्न क्षेत्रबाट ध्यानाकर्षण भएको छ।

Advertisement 3

यस विषयमा थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुद्दा अघि बढाइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित :२०८३ असार २९, सोमबार १६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry