धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् :सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा एवं भविष्य र राष्ट्रको समुन्नति जोडिएको उल्लेख गरेका छन्।
Advertisement 1
राष्ट्रिय धान दिवसका अवसरमा उहाँले शुभकामना सन्देश जारी गर्दै उहाँले खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति धन्यवाद दिन चाहन्छु भनेका छन्। शुभकामना सन्देशमा भनिएको छ “असार १५ केवल धान रोपाइँको दिन मात्र होइन, यो नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव पनि हो। देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभएर नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्मको पालना पनि हो। ”
प्रकाशित :२०८३ असार १५, सोमबार १५:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








