पासपोर्ट छपाइ अनियमितता प्रकरण : अख्तियारले आरजु देउवालाई बयानका लागि बोलायो

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन बोलाएको छ।

Advertisement 1

आयोगले २ दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। उक्त सूचनाअनुसार, म्याद तामेल भएको मितिबाट बाटोको म्यादबाहेक ३ दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा उपस्थित भई बयान दिन आग्रह गरिएको छ।

पासपोर्ट छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताबारे आयोगले अनुसन्धान अघि बढाइरहेको छ। सोही अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्र मन्त्री देउवालाई बयानका लागि बोलाइएको आयोगले जनाएको छ ।

Advertisement 2

प्रकाशित :२०८३ असार ४, बिहीबार १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम