सुजन र सरस्वती समाजका उदाहरण

बागलुङ। कुनै समय समाजले प्रश्न उठाएका सुजन र सरस्वतीका सम्बन्ध  सबैका लागि २५ वर्षपछि  प्रेरणाको स्रोत बन्न पुगेको छ।
सुजन र सरस्वतीले २५ वर्षअघि अन्तरजातीय विवाह गरेका थिए। त्यो समयमा समाजले अन्तरजातीय विवाह सजिलै स्वीकार गर्दैनथ्यो।
यद्यपि उनी दुवैले बागलुङ बजारको मुख्य चोकमा विसं २०६० भदौदेखि दुईवटा मेसिनबाट जनप्रिय टेलर्स स्थापना गरे। फलस्वरुप  मनग्य आम्दानी मात्र गर्नु भएन, अन्य  छ व्यक्तिलाई  रोजगारी दिएका कारण समाजमा उनीहरुको चर्चा चुलिएको छ।
सङ्घर्षपूर्ण जीवन पार गर्दै अहिले सफल व्यवसायीका रुपमा आफूलाई स्थापित गरेका  खड्काको टेलरिङ व्यवसाय अहिले बागलुङ बजारकै राम्रो चलेको व्यवसायमा  पर्छ। कष्टले गाउँबाट सहर छिरेको सो जोडी कुनै बेला समाजबाट अस्वीकार थियो। अहिले त्यही समाजको उद्यमी बन्न सफल भएका छन्।
बागलुङ नगरपालिका–१२ अमलाचौरका परियार र बानपा–८ सिगानाकी खड्काबीच विसं २०५७ मा चिनजान भएको थियो। एसएलसी परीक्षा दिन बजार आएकी खड्का र सिलाइ काम गर्दै अध्ययन गरिरहेका परियारबीचको  प्रेम सम्बन्ध २०५८ जेठ १९ गते  विवाहमा रुपान्तरण भएको थियो।
विवाहपछि बुटवलको सुख्खानगरमा बस्दा धेरैनै दुःख पाएका परियारले कुनै बेला बाग्लुङमा कोठा भाडा पाएका थिएनन्। उनकी श्रीमती  सरस्वतीलाई माइती पक्षले समेत स्वीकार गर्न १२ वर्ष लगाएको सुजनले बताए। अहिले भने दुवैतर्फ पारिवारिक सम्बन्ध सामान्य बनेको छ। मेहनत र ग्राहकको विश्वासले व्यवसाय विस्तार हुँदै गएको उनीहरुले बताए।
“अन्तरजातीय विवाह सफल बनाउन आत्मनिर्भर हुनुपर्छ,” सुजनले भने। “घरपरिवारको भरमा भन्दा आफैँ सक्षम भएर सङ्घर्ष गर्न सक्नुपर्छ,” सरस्वतीले भनीन्। समाजमा अझै पनि जातीय विभेदपूर्ण रुपमा अन्त्य नभएको उल्लेख गर्दै उनीहरुले मान्छेलाई जातका आधारमा विभेद गर्न नहुने बताए।
प्रकाशित :२०८३ जेष्ठ १८, सोमबार १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry