सिक्लेसमा पर्यटक आगमन घट्यो

गण्डकी। अघिल्लो महिनाको तुलनामा मार्चमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घटेको छ। मार्चमा १ हजार ९२६ जना पर्यटकले यो स्थानको भ्रमण छन्।
मार्चमा मौसम अनुकूल नहुँदा अघिल्लो महिनाको तुलनामा सिक्लेसमा कम पर्यटक आएका त्यहाँस्थित पर्यटक सूचना केन्द्रले जनाएको छ।
जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ। यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा परिचित छ।
समुद्र सतहबाट  १ हजार ९५० मिटरको उचाइमा अवस्थित सिक्लेसदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरी पदयात्राको मार्ग हो।
–––
प्रकाशित :२०८२ चैत्र २०, शुक्रबार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry