रसुवामा समानुपातिकतर्फको मत गणना सम्पन्न

रसुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न भएको छ।
Advertisement 1
रसुवामा प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको थियो भने समानुपातिकतर्फ २६ हजार ४०३ मत खसेको थियो। घोषित मत परिणामअनुसार रसुवामा रास्वपाले ७ हजार ६१८, राप्रपाले १६७, नेकपाले ९५७, नेकपा (एमाले)ले ३ हजार ५८८ र नेपाली कांग्रेसले ९ हजार ६०० मत प्राप्त गरेको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै जनमत पार्टीले १०२, नेपाल मजदुर किसान पार्टीले १४, राष्ट्रिय जनमोर्चाले ८ तथा प्रगतिशिल लोकतान्त्रिकले ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीले जानकारी दिए।
प्रकाशित :२०८२ फाल्गुन २४, आईतवार १०:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













