बाँके– १ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता

बाँके। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ। प्रारम्भिक विवरणअनुसार हालसम्म क्षेत्र नंं १ र ३ मा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् भने क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार अगाडि छन्।
Advertisement 1
जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार क्षेत्र नं १ मा १० हजार ६३५ मत गणना गर्दा रास्वपाका सुरेश थारुले ५ हजार ८५७, नेपाली कांग्रेसका नारायण गौडेलले २०४५, एमालेका सूर्य ढकालले एक हजार २७८ र नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डेले ६२३ मत प्राप्त गरेका छन्।
बाँके क्षेत्र नं २ मा हालसम्मको परिणामअनुसार एमालेका मोहम्मद इस्तियाक राईले ५ हजार २४४, नेपाली कांग्रेसका सुधांशु कोइरालाले ४ हजार १०० र रास्वपाका विवेक श्रेष्ठले दुई हजार ५८० मत प्राप्त गरेका छन्।
Advertisement 2
यसैगरी क्षेत्र नं ३ मा रास्वपाका खगेन्द्र सुनारले ५ हजार २९७, एमालेका सुमन मल्लले २ हजार ३४५ र नेपाली कांग्रेसका अमरसिंह पुनले १ हजार ७४१ मत प्राप्त गरेका छन्।














