नर्स र डाक्टरमाथि आक्रमण गर्ने केपी ओली समुहका नेता, आक्रमण गर्नेलाई कडा कानुनी कारबाही गरः निजामती कर्मचारी युनियन

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ । आक्रमणको घटनामा मुख्य नाइके नेकपा एमालेको ओली समुहका प्रदेशका नेता रहेको पाइएको छ । लुम्बिनी प्रदेश कमिटि सदस्य तथा दाङका नेता मन बहादुर राउतको नेतृत्वको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि मध्यराती हमला गरेको हो । राउत मुख्य मन्त्री शंकर पोखरेल र ओली समुहकी नेता शान्ता चौधरी निकट व्यक्ति रहेको पाइएको छ ।

Advertisement 1

उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका हुन् । उनीहरूले अस्पतालसमेत तोडफोड गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको पाइएको छ ।

यहि विषयलाई लिएर चौतफी विरोध भएको छ । नेपाल निजामती कर्मचारी युनियन(संघ) केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ । बिरामीको उपचारका क्रममा चिकित्सक र स्टाफ नर्सलाई लखेटिलखेटी आक्रमण हुनु चरम निन्दनीय कार्य हो । उपचारका लागि ज्यान नै जोखिममा राख्दै छतबाटै हाम फालेर ज्यान जोगाउन पर्ने र ड्युटी गर्न पर्ने बाध्यता स्वास्थ्यकर्मीलाई हुनु नेपाल सरकारले अस्पतालमा सुरक्षाको उचित प्रबन्ध नगर्नु नै हो। आक्रमणकारीले नर्स र चिकित्सकको घाँटी थिच्ने, ड्युटी रुममा पसेर लुक्दा पनि रुमको ढोका फोडने , शौचालयलाई तोडफोड गर्ने, आइसियु कक्षमा तोडफोड गर्ने कार्य गरेकोमा युनियन (संघ)  केन्द्रीय कार्यसमितिले तोडफोडमा संलग्न दोषीलाई पक्राउ गरि निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र क्षतिपूर्ति तिराउन माग गर्दछौं! भेरी अस्पतालको आक्रमणको घटना निन्दनीय र निकृष्ट भएको हो। स्वास्थ्यकर्मीमाथि यस्तो अमानवीय घटना हुनु दुस्खद हो !
त्यसैले यस्ता कार्यमा दोषीलाई राजनैतिक संरक्षण हुने आभास कहिँ कतैबाट नहोस। कानुन बमोजिम दोषीलाई कारबाही गरि अब आइन्दा यस्ता घटना कहिँ कतै स्वास्थ्यसंस्थामा हुन नदिन सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं।विवेकशील साझा युवा संगठनले नेपालगञ्जस्थित भेरी अस्पतालका फ्रन्टलाईनर स्वास्थ्यकर्मीहरुमाथि भएको भौतिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दुर्गाप्रसाद फुयाल उपमहासचिव नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमिति काठमाडौं

Advertisement 2

 

प्रकाशित :२०७८ जेष्ठ १४, शुक्रबार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry