सुनचाँदीको मूल्य पुनः वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार १० कायम भएको छ।
शुक्रबार १ तोला छापावाल सुन रु २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु ४ हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु ४ हजार ९८० मा खरिदबिक्री भएको थियो।
Advertisement 2
यसैगरी, गत बुधबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार ६०० कायम भएको थियो भने मङ्गलबार १ तोला छापावाल सुन २ लाख ९० हजार ३०० र चाँदी रु ५ हजार ३३५ मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















