सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच सम्झौता

काठमाडौं। सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मंगलवार सामाजिक सुरक्षा योजनामा आबद्धता विस्तार तथा उद्योग–व्यवसाय क्षेत्रलाई सामाजिक सुरक्षा प्रणालीमा प्रभावकारी रूपमा समावेश गराउन कोष र परिसंघबीच एक औपचारिक कार्यक्रमकामा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Advertisement 1

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष कृष्णहरि पुष्करको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र नेपाल उद्योग परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारीसँगै उद्योग परिसंघले आफ्नो आबद्धतामा रहेका संघ संस्था तथा प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सहजीकरण गर्ने भएको छ । सोही अवसरमा कोषले उद्योग परिसंघसँगको सहकार्यमा सामाजिक सुरक्षा योजनासम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने तथा कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८२ मंसिर २४, बुधबार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry