राष्ट्रिय सभाबाट को को हुदैँ छन् त बिदा

काठमाडौं। राष्ट्रिय सभाका केहि सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदै छ । जसमा १९ सांसदहरु रहेका छन्। जसमा एमालेका ८, नेकपा (माओवादी केन्द्र)का ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद रहेका कार्यकाल सकिँदै छ ।
Advertisement 1
कार्यकाल सकिएर बिदा हुन लागेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि सकिँदै छ ।
Advertisement 2
एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदै छन् । रिक्त हुन लागेकामध्ये १ जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । सरकारले आज आगामी माघ ११ गते आइतबारलाई राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको छ ।
राष्ट्रियसभाका ५९ सदस्यीयमध्ये राष्ट्रियसभामा १८ जना सदस्यका लागि निर्वाचन हुनेछ ।
Advertisement 3










