टेलिकमको निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं। नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।

Advertisement 1

बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा भ्रष्टाचारको आरोप लागेका पहाडी असार २४ गते बिहान अदालतमा हाजिर भएर बयान दिएपछि थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सकिएपछिको थुनछेक बहसपछि २ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताएका छन्।

प्रकाशित :२०८२ असार २५, बुधबार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry