२ सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं। सरकारले १ सरुवा तथा १ पदस्थापन गरेको छ । असार ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रकमा सरुवा गरेको छ।

Advertisement 1

पौडेलको स्थानमा हालै बढुवा भएका खगेन्द्रप्रसाद सुवेदीलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । सोहि बैठकबाट निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवहरूको साटफेर गरेको थियो।

तत्कालीन महालेखा नियन्त्रक(सचिव) गणेशप्रसाद पाण्डे अनिवार्य अवकाशमा गएपछि महालेखा नियन्त्रक पद रिक्त थियो।

प्रकाशित :२०८२ असार ११, बुधबार १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry