माधवकुमार नेपाल वयानका लागि आज विशेष अदालतमा उपस्थित

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन्।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल आफैँ अदालतमा हाजिर भएका हुन्। यस अघि नेपालले अदालतमा उपस्थिति हुन पाउँ भनि निवेदन दर्ता गराएका थिए।

उक्त आयोगले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै त्यहीअनुसार जरिवाना र कैद सजायको माग दाबी गरेको छ।

प्रकाशित :२०८२ असार ११, बुधबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry