आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ।

Advertisement 1

युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।

Advertisement 2

जापानी येन १० को खरिदर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर
३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २९ पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा तोकिएको छ।

Advertisement 3

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४५ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित :२०८२ जेष्ठ १, बुधबार ०७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry