नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ। नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ।
Advertisement 1
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने छ। आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र संघीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन्।
राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो सवा १ बजे बस्ने छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ।
प्रकाशित :२०८२ बैशाख २४, बुधबार ०८:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%