राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी। रघुगंगा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ।

Advertisement 1

तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ।

आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युतगृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ।

Advertisement 2

आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ। राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो।

प्रकाशित :२०८२ बैशाख १८, बिहीबार ११:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry