निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइन्छ : मन्त्री अधिकारी

काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने बताएका छन्।
Advertisement 1
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
उक्त नीति अनुमोदनका लागि केही दिनमा मन्त्रिपरिषद् पेस गरिने बताउँदै उनले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्न, यस क्षेत्रलाई थप आत्मनिर्भर बनाउन नीतिले सहयोग गर्ने विश्वास व्यक्त गरे।
प्रकाशित :२०८२ बैशाख १५, सोमबार १४:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%