सुनको मूल्यउ यथावत्, चाँदीको सामान्य घट्यो

काठमाडौं। नेपाली बजारमा सोमबार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा चाँदीको मूल्य सामान्य घटे पनि सुनको मूल्य यथावत् रहेको हो।
Advertisement 1
सोमबारका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ४० रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको कारोबार प्रतितोला २ हजार ४५ रुपैयाँका दरले भएको थियो।
त्यस्तै आइतबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँका दरले कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा हुने महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ चैत्र ४, सोमबार १०:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%