सरुवा गरिएकै कर्मचारीले भनेअनुसार सुधार थालियो ग्वार्को फ्लाइओभर

काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम तोकिएको समयभित्र नसकिने भएको छ। फ्लाइओभर निर्माणको काम ८० प्रतिशतभन्दा बढी भइसकेको अवस्थामा ¥याम्प भत्काउनुपरेपछि फ्लाइओभर निर्माण निर्धारित समयमै नसकिने निश्चित भएको हो। फ्लाइओभर र सडक जोड्न माटो भरेर बनाइएको संरचना नै प्राविधिक भाषामा ‘¥याम्प’ हो।
Advertisement 1
उक्त फ्लाइओभर निर्माणको काम आशिष–सामानान्तर–रेलिगेरले संयुक्त रुप (जेभी)मा गरिरहेका छन्। फ्लाइओभरको ¥याम्पलगायत विभिन्न काम मापदण्डअनुसार नभएको पाइएपछि सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले गत भदौदेखि नै मापदण्डअनुसार काम गर्न निर्देशन दिइरहेको थियो। तर, निर्माण कम्पनीले केन्द्रको निर्देशन अटेरी गर्दै स्वीकृत मापदण्डविपरित काम गरिरहेको थियो। केन्द्रको निरन्तरको अडान र निर्माण कम्पनीको अटेरीको नतीजाको विवादले गत पुसमा चरम रुप लिएपछि निर्माण कम्पनीको लापरवाही बाहिरिएको थियो। त्यतिबेला कम्पनीले काम नै रोकिदियो।
त्यसैक्रममा निर्माण कम्पनीको दबाबमा केन्द्रका निर्देशक प्रभातकुमार झाको सरुवा गरियो। मापदण्डअनुसार फ्लाइओभरको काम गरिनुपर्ने अडान गुणस्तर अनुसन्धान तथा विकास केन्द्र प्रमुखको हैसियतले प्रभातकुमार झाले नै लिइरहेका थिए।
Advertisement 2
झाले गुणस्तरीय हुनुपर्ने अडान निरन्तर लिएपछि अप्ठ्यारोमा परेको निर्माण कम्पनीले उनलाई त्यहाँबाट सरुवा गर्न दबाब दियो। सोही अनुसार माघ तेस्रो साता झाको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गरियो। त्यतिबेलासम्म फ्लाइओभर निर्माणको काम ठप्प थियो।
Advertisement 3
पछिल्लो समय गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको प्रमुखको जिम्मेवारी इन्जिनियर दीप बाराहीले पाएका छन्। यद्यपि निर्माण कम्पनीले यसअघिका प्रमुख झाकै अडानअनुसार फ्लाइओभरको ¥याम्प भत्काउन लागेको छ। निर्माणमा चरम लापरवाही गर्दै आएको सामानान्तर कम्पनीले फ्लाइओभर निर्माणको मुख्य व्यवस्थापन गर्दै आएको छ।
तीन वटा कम्पनीले संयुक्त रुपमा काम गरे पनि यसको व्यवस्थापनको मुख्य जिम्मेवारी सामानान्तरले नै लिएको छ।
सामानान्तर ग्रूप फ्लाइओभर निर्माणमा अनुभव नभएको कम्पनी भएका कारण अन्य कम्पनीसँगको जोइन्ट भेन्चरमा निर्माणको काम लिइएको हो। उक्त तीनवटा कम्पनीमध्ये यसअघि रेलिगेरसँग मात्रै फ्लाइओभर निर्माणमा सहभागी भएको अनुभव छ।
पछिल्लो समय ¥याम्प भत्काउन लागेपछि मापदण्डविपरितका अन्य काम पनि सच्याइने अपेक्षा गरिएको सडक विभागका अधिकारीहरु बताउँछन्। ‘यतिको हल्ला र चर्चा भइसकेपछि ¥याम्प नभत्काइ सुखै कहाँ पाउँथ्ये र?’ विभागका एक अधिकारीले भने, ‘गुणस्तर अनुसन्धान केन्द्रले मापदण्डविपरित औंल्याएका अन्य काम पनि सच्याउने अपेक्षा गर्न सकिन्छ।’ निर्माण कम्पनीले भत्काइरहेको ¥याम्प सातदोबाटोतर्फ ४० मिटर लम्बाइको रहेको छ।
ग्वार्को फ्लाइओभरमा ठेकेदारको चरम लापरवाही, गुणस्तरमा ‘कम्प्रोमाइज’ गर्न नमान्ने कर्मचारीकै सरुवा