नेप्सेको सीईओमा आवेदन दिन पाउने मिति परिवर्तन

काठमाडौं। सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने म्याद थप गरेको छ।

Advertisement 1

अर्थ मन्त्रालयले आइतबार सूचना जारी गर्दै नेप्सेको सीईओ नियुक्तिका लागि आवेदन दिन पाउने म्याद थप गरेको हो।

यसअघि यही फागुन १८ गते (आइतबार)सम्मको म्याद राखेर आवेदन दिन पाउने गरी सूचना जारी गरेकोमा मन्त्रालयले अब यही फागुन २५ गतेसम्म आवेदन दिन पाउने जानकारी गराएको हो।

Advertisement 2

१२ गते आवेदन खुलाएको अर्थ मन्त्रालयले यो बीचमा सार्वजनिक विदा परेका कारण म्याद थप गर्नुपरेको बताएको छ।

प्रकाशित :२०८१ फाल्गुन १८, आईतवार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry