नेप्सेमा सीईओ नियुक्तिका लागि आवेदन खुला

काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन खुला गरेको छ। ऋर्थ मन्त्रालयले सोमबार सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको हो।
Advertisement 1
सीईओमा आवेदन दिनका लागि धितोपत्र बाजार सञ्चालन नियमावली २०६४ बमोजिमका योग्यता पूरा भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
जसअनुसार अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्ने छ।
Advertisement 2
साथै पुँजीबजार वा वित्त क्षेत्रमा कम्तीमा ७ वर्षको उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
प्रकाशित :२०८१ फाल्गुन १२, सोमबार १४:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%